काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा वरिष्ठताका आधारमा प्रकाशमान सिंह राउतलाई सिफारिस गरिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिश गरेको हो ।
संवैधानिक परिषदले सिफारिस गरेका राउतको संसदीय सुनुवाइ हुनेछ । संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि उनी प्रधानन्यायाधीशमा नियुक्त हुनेछन् ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १८ असोजमा अवकाश हुँदैछन् । श्रेष्ठपछि दोस्रो वरियतामा रहेका राउत प्रधानन्यायाधीश नियुक्त भएका हुन । राउत नियुक्त भएमा १८ महिना प्रधानन्यायाधीशका रुपमा न्यायपालिकाको नेतृत्व गर्नेछन् ।