कैलाली कारागारमा बन्दीको मृत्यु

धनगढी । हाडनाता करणी मुद्दामा कैलाली कारागारमा रहेका एक जना बन्दीको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका ४ का २३ वर्षीय दिपक बिकको सोमबार मृत्यु भएको हो ।

प्रहरीका अनुसार दिउँसो साढे ३ बजेको समयमा बिक शौचालयमा लडेको अवस्थामा भेटिएका विकलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । उपचारका क्रममा अस्पतालमै उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । मृतक विकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज