काठमाडौँ । न्यायपरिषद्को नियमावली नसच्याइकन न्यायाधीश नियुक्ति नगर्न दबाब दिँदै आइरहेको नेपाल बार एशोसिएसनले शुक्रबार न्यायाधीश नियुक्ति सिफारिस गर्न लागेको भन्दै न्याय परिषद् सचिवालयमा नै धर्ना दिएको छ । न्याय परिषद्ले न्यायाधीश नियुक्तिका लागि बैठक बोलाएर छलफल थालेपछि बारले परिषद् परिसरमा पुगेर धर्ना सुरु गरेको हो ।
वर्षाका बाबजुद नेपाल बार एसोसिएसनमा आबद्ध कानुनव्यवसायीहरूले शुक्रबार न्याय परिषद्को सचिवालय परिसरमा छाता ओढेरै धर्ना दिएका हुन ।
विगतमा गठन भएका कार्यदलको प्रतिवेदन कार्यान्वयन नगरी अवकाश पाउन लागेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीशको सिफारिसमा न्याय परिषद्ले न्यायाधीश नियुक्ति अघि बढाएको भन्दै बुधबार देखि बार आन्दोलनमा उत्रिएको हो ।
सम्बन्धित समाचार
https://www.kanunkhabar.com/contemporary/20004/