सहकारी ठगीमा फरार मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ, नेपाल ल्याउने तयारी

काठमाडौँ । सहकारी बचतकर्ताको रकम ठगि गरी फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन् । नेपाल प्रहरीले भारतको नयाँ दिल्लीबाट उनलाई शुक्रबार पक्राउ गरेको हो । उनी ०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट मेयरमा निर्वाचित भएका थिए ।

मेयर नेपाली बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी २०८० जेठदेखि फरार थिए । उनीविरुद्ध २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड नोटिस जारी गरेको थियो । पक्राउ परेका नेपालीलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइसकिएको प्रहरीले जनाएको छ ।

सहकारीको १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको आरोपमा नेपाली सहित सहकारीका सञ्चालक र कर्मचारी गरि ११ जनाविरुद्ध २०८० असार २५ गते जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज