कार्य क्षमतामा प्रश्न उठाउँदै दुई सिडिओको सरुवा,धादिङ र काभ्रेमा खटिए गृहका घिमिरे र ढकाल

काठमाडौं । सरकारले कार्य क्षमतामा प्र्र्रश्न उठाउँदै २ सिडिओको सरुवा गरेको छ । विपत व्यवस्थापनमा कमजोर गर्दा धादिङमा ३९ जनाले ज्यान गुमाएको भन्दै सरकारले धादिङका सिडिओका सरुवा गरेको छ । गृह मन्त्रालयले काभ्रेको सिडिओलाई गृह मन्त्रालय तानेको छ ।

गृह मन्त्रालयले धादिङका सिडिओ राजेन्द्रदेव पाण्डेलाई गृह मन्त्रायल तानेर गृहका सहसचिव सुमन घिमिरेलाई नयाँ सिडिओको रुपमा पठाइएको छ । काभ्रेपलाञ्चोकका सिडिओ सूर्यप्रसाद सेढाईलाई गृहमन्त्रालयमा सरुवा गरेर त्यहाँ मन्त्रालयका सहसचिव उमेश ढकाललाई पठाइएको छ ।

आवश्यकता अनुसार गृह प्रशासनका कर्मचारी तथा सम्बन्धित जिल्लाका सिडिओ २४ सै घण्टा खट्नुपर्ने हुन्छ । विपद्को बेला त झनै रातदिन खटेर कुशल व्यवस्थापन गर्ने जिम्मेवारी गृह प्रशासन र मातहतका कर्मचारीको जिम्मेवारी हुने भएपनि पछिल्लो विपतमा धादिङ र काभ्रेको सिडिओको जिम्मेवारी कमजोर देखिएको छ ।

जिल्लामा प्रहरी र सेनालाई परिचालन गर्ने भुमिका नै सिडिओको हुन्छ । सिडिओका काम कमाण्ड, कन्ट्रोल , कोअर्डिनेशन तथा सुचना संकलन र चनाखोपनमा अत्याधिक ध्यान दिनुपर्नेमा धादिङ र काभ्रेका सिडिओको कमजोरी भएको भन्दै गृह मन्त्रालयले उनीहरुको सरुवा गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज