काठमाडौं । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा विपद् व्यवस्थापन कार्यसमितिको बैठक बस्दै छ । यो बैठकले उद्दारमा सहजीकरण गर्ने र राहतका विषयमा निर्णय लिने भएको छ ।
अविरल वर्षाले भएको जनधनको क्षतिबारे छलफल गर्न विपद व्यवस्थापन कार्यकारिणी समितिको बैठक आज सोमबार बस्न लागेको हो ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज बिहान ८ बजे राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।
असोज ११ र १२ गते बाढी, पहिरो र डुबानका कारण भएको क्षतिबारे छलफल गरी खोज, उद्धार, राहत र पुनर्निर्माणबारे निर्णय गर्न बैठक बोलाइएको हो ।
बैठकमा मृतकका परिवारलाई राहत, घाइतेको उपचार, घर क्षति भएकालाई घर बनाउनका लागि रकम वितरण बाटोघाटो, पुल, पुलेसा पुनर्निर्माण लगायतका निर्णय गर्ने तयारी छ । पहिरोका कारण राजधानी काठमाडौंको लाइफलाइन नै बन्द भएको छ ।