मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा साइबर अपराधको मुद्दा दायर गरेको छ । प्रहरीको साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा प्रसाईंविरुद्ध दुईवटा मुद्दा दायर गरेको हो ।

साइबर अपराधको अभियोगमा असोज ६ गते प्रसाईंलाई भक्तपुरस्थित घरबाट पक्राउ गरिएको थियो । सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा र सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को गरि दुईवटा मुद्दा पनि दर्ता भएको छ । प्रसाईंसँगै अदालतले पक्राउ अनुमति दिएको जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल फरार रहेको प्रहरीले जनाएको छ।

विद्युतीय कारोबार ऐन–२०६३ अनुसार आरोप पुष्टि भएमा प्रसाईंलाई ५ वर्षसम्म कैद सजाय र १ लाखसम्म जरिवाना हुनसक्छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज