हिजो नेपाल बारका अध्यक्षज्यूको पत्रकार सम्मेलनमा जे देखियो सुनियो । केही सुझाव पनि ।
१. आफ्नो बचावमा हरिकृष्ण कार्की श्रीमानको प्रतिवेदन हात थियो । अचम्म त के भने उक्त प्रतिवेदन कार्यान्वयन गर भन्ने एजेन्डामा बारले कहिले छलफल गरेन ।
गरिएको भए म पहिलो अग्रपङ्तिमा आउँथे । हामीलाई आन्दोलनमा आउने वातावरण नै बारले बनाउन सकेन ।
२. हिजो सर्वोच्च बार र नेपाल बार मिलेर अदालतमा हड्तालको सुरुवात गरियो । त्यो आन्दोलन पनि स्वेत पत्र जारी गरेर हामीले यहाँ गल्ति गर्यौं । अब सच्चिएर अगाडि बढ्ने छौँ भनेर भन्नु पर्थ्यो त्यो भन्न नेपाल बारले कहिले सकेन । त्यो आन्दोलनलाई संस्थागत पनि गरिएन र नेपाल बारले लेनदेनमा न्यायाधीश नियुक्त गरियो भनियो ।
३. हिजो नेपाल बार बिगारेर दुनो सोझ्याउनु नियतबाट बार उठ्नै सकेन । त्यही ट्रयाकमा हिँड्यो । आजको अवस्थामा पुग्यो । जुन बार र बेन्च नङ र मासुको सम्बन्धमा हुनु पर्थ्यो । अहिले गाली गलौचमा आएको छ ।
४. नेपाल बार हामी सबैको बार हो दुईमत हुन सक्दैन । तर अध्यक्षले गरेको गल्तीमा म सती जान भने सक्दिनँ । जबकी बारका महिला उपाध्यक्षले आफ्नो भनाइ पनि फेसबुकमा राख्न पर्थ्यो । नेपाल बारको अध्यक्षले आन्दोलनलाई के कसरी लैजाने र के कसरी बोल्ने भनेर कार्यसमितिसँग छलफल गर्नु पर्थ्यो ।
५. हामीले नेपाल बारमा आन्दोलन गर्दा धेरै जना वक्ता भएर बोल्न खोज्नु भएको थियो । तर हामीले भोलि कसैले गलत बोल्दा त्यसको जबाफदेही आफू पनि हुने ठानी हामीले बोल्ने वातावरण रोकेका पनि थियौँ । भलै २/४ जना बोल्थे होलान् ।
६. कानून व्यवसायी भएपछि सही र गलत छुट्याउन पनि सक्नु पर्छ । म त शासक नाङ्गो देख्दा पनि कपडामा हुनुहुन्छ भन्न सक्दिनँ ।
७. गोपाल दाइ हिजो १ वर्ष पहिला आन्दोलन सुरुवात भएको हो । त्यो ब्यानर झुन्ड्याउने औपचारिकतामा मात्र सीमित रह्यो । १ वर्षपछि आन्दोलनको सुरुवात त्यो पनि नियुक्ति समय पारेर आन्दोलन गर्नुको कारण के थियो तपाइले हामीलाई भन्नु भएको छैन् । कम्तिमा सल्लाहकारहरु सँग छलफल गरेर आन्दोलन शुरु गरेको भएपनि गजब हुन्थ्यो ।
८. तपाइले सल्लाह गरेर आन्दोलन गरेको भए सर्वोच्च बारले तपाइको आन्दोलनको विरुद्ध विज्ञप्ती निकाल्दैन थियो होला । सर्वोच्च अदालतले सर्वोच्च बारसँग सल्लाह गरेरै न्यायाधीश नियुक्ति गरेको भन्ने बुझिदैन ?
९. दाइ बोलाइमा गल्ती भएको हो । त्यसलाई प्रधानन्यायाधीशलाई होइन न्यायपरिषद्को अध्यक्षलाई भनेको भनेर नभन्नुस् । गल्ती स्वीकार गर्दा सानो भइदैन । आवेशमा आएर भनियो भन्नुस । कि भने आज मुद्दा छ जस्तो छ । गएर प्रमाण पेश गर्नुहोला् । यद्यपी तपाइलाइ पनि थाहा छ नृपध्वज श्रीमान र नित्यानन्द श्रीमानको निष्ठाका विषयमा । दाइ गलत सल्लाहको पछि नलाग्न पनि सुझाउँछु । किनभने तपाइ सकियोस भन्ने पनि छन् थाहा छ नि !
१०. न्यायापरिषदले हतारोमा निर्णय गर्यो । तपाइलाइ पनि थाहा छ मलाइ पनि थाहा छ । छोराले चुरोट खाएको देखेपछि कि नदेखे जस्तो गर्नु पर्छ कि भने लुकेर चुरोट खान मिल्ने वातावरण दिनु हुन्न । १ वर्ष अघि नै आन्दोलन गरेको भा यो अवस्था आउने थिएन । बारमा तुल झुन्ड्याएर दाइ पनि हिजो गठजोडमा जानु भएकै हो ।
११. मैले तपाइको गल्तीलाइ गल्ती नै भन्छु । तपाइको बोलाइ गलत नै हो । त्यो पनि तपाइले दोहोर्याइ दोहोर्याइ गलत बोलेको हो । दाइले संयमता गुमाउनु भएको हो । भोलि हामीलाई चाहिने त्यही अदालत हो । मुद्दा दर्ता भइसकेको भन्ने बुझिएको हुँदा इजलाशमा प्रतिशोध लिएर नगएको राम्रो । रातो मसीले लेखेपछि कुरो विग्रन्छ । पछि माफि माग्नु भन्दा अहिले नै कोर्श करेक्सन गर्ने समय छ ।
१२. दाइले बारम्बार भनेको सुनेको गैह्रकानूनी छ गैह्र संवैधानिक छ भने तमुद्दामा जाने हो । लेनदेन गर्यो भनेर भन्ने होइन । यो दाइलाइ पनि थाहा छ । मलाइ पनि । तपाइ त वरिष्ठ अधिवक्ता पनि हो नि ! जसरी तपाइले मलाइ ध्यानी भन्नु भएको हो ।
१३. समय छ स्वेत पत्र जारी गर्नोस । अदालतले आज कारण देखाउ आदेश जारी गर्ला । सो समय भित्र तयारी गर्ने । अब साँच्चै अदालत सुधार गरौं । हरिकृष्ण कार्की श्रीमानको प्रतिवेदन सिरान राखेर बचाउ नगरौं । कार्यान्वयन गर भनौ । प्रमाण छ भने हामीलाई पनि देखाइ दिनु विश्वम्भर श्रीमानका विरुद्धमा म अनसन बस्छु ।
(यो सामग्रि अधिवक्ता जोशीले सामाजिक सञ्जालमा राखेको पोष्टबाट साभार गरिएको हो । -सम्पादक)