प्रधानन्यायाधीश राउतको २४ बुँदे कार्ययोजना, छिटाे मुद्दाकाे सुनुवाइ गर्नेदेखि न्यायालय सुधारसम्मका कामलाइ प्राथिमकता

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले २४ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् । संसदीय सुनुवाइका क्रममा पेश भएको उक्त कार्ययोजना अनुसार उनी प्रधानन्यायाधीश नियुक्त भएकोले उनको त्यो कार्ययोजना अब कार्यान्वयन गर्नुपर्ने चुनौति थपिएको छ ।

उनले न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न आफूले विशेष जोड दिने प्रतिवद्धता जनाएका छन् । न्याय परिषदबाट हुने न्यायाधीश नियुक्तिलगायतका कामकारबाहीलाई प्रभावकारी बनाउने कुरामा आफूले ध्यान केन्द्रित गर्ने योजना पनि सुनाए ।

न्याय प्रशासनलाई प्रभावकारी बनाउने प्रधानन्यायाधीशको अन्तिम जिम्मेवारीप्रति पनि आफू त्यत्तिकै सचेत र संवेदनशील रहेको भन्दै उनले न्यायालयमा तय गरिएका कार्ययोजना कार्यान्वयनका लागि बजेट, जनशक्ति लगायतका विषयमा देखिएको समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायसँग समन्वय र सहकारी अघि बढ्ने बताएका छन् ।

उनले भनेका छन्, ‘मेरो कार्ययोजना कार्यान्वयनका लागि नियमित अनुगमन तथा मूल्यांकन र आवधिक समीक्षाको सुनिश्चितता गरिनेछ । नेपालको संविधान बमोजिम स्वच्छ, निष्पक्ष, छिटोछरितो एवं गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्नु मेरो प्रमुख जिम्मेवारी रहेको प्रति म स्पष्ट र प्रतिवद्ध छु । न्याय प्रशासनलाई प्रभावकारी बनाउने प्रधानन्यायाधीशको अन्तिम जिम्मेवारीप्रति पनि त्यत्तिकै सचेत र संवेदनशील छु ।’

यस्तो छ, प्रधानन्यायाधीशको २४ बुँदे कार्ययोजना

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज