प्रधानन्यायाधीश राउतले आज शपथ लिने, आजै पदभार ग्रहण गर्ने

काठमाडौं । नयाँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको शपथ आज आइतबार हुने भएको छ। राष्ट्रपति भवनमा आइतबार १ः३० बजे प्रधानन्यायाधीशको शपथ समारोह राखिएको शीतलनिवासले जनाएको छ। आइतबार शपथ ग्रहण हुने भएपछि सर्वोच्च अदालतले आजै पदभार ग्रहणको कार्यक्रमसमेत तयारी गरिरहेको छ।

सर्वोच्च अदालतसहित देशभका अदालतमा घटस्थापनाकै दिनदेखि दसैँ बिदा दिइसकिएको छ। बन्दी प्रत्यक्षीकरणका निवेदन हेर्नका लागि भने निश्चित न्यायाधीश र कर्मचारी तोकिएको छ।

हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शनिबार राति १२ बजेबाट ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाएका छन। श्रेष्ठको अवकासपछि राउत प्रधानन्यायाधीश नियुक्त भएका हुन् ।

संवैधानिक परिषद्ले वरिष्ठतम् न्यायाधीश राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न गत भदौ ३१ गते सिफारिस गरेको थियो।

असोज १६ गते उनी संसदीय सुनुवाइबाट सर्वसम्मत अनुमोदन भएका थिए। राउतले अब २०८२ चैत १७ गतेसम्म न्यायालयको नेतृत्व गर्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज