आगजनीमा ट्रक चालकको मृत्युपछि दुर्गा प्रसाईंका ८ समर्थकलाई कर्तव्य ज्यान मुद्दा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउका आठ जना समर्थकलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको छ । सरकारले प्रसाईंलाई पक्राउ गरेको विरोधमा झापामा असोज ६ गते उनका समर्थकले पेट्रोल बम हानेर दुईवटा ट्रकमा आगजनी गरेका थिए । उक्त आगजनीका परि घाइते एक ट्रक चालकको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले घटनामा संलग्न प्रसाईं का आठ जना समर्थकलाई कर्तव्य ज्यान मुद्दा चलाएको हो ।

प्रहरीका अनुसार असोज ६ गते राति साढे १० बजे झापाको कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा युपी ५७ एटी ४४९३ नम्बरको भारतीय ट्रक र असोज ७ गते बिहान साढे २ बजेतिर बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्ल्यूबी ७३ ई ३०५६ नम्बरको भारतीय मालवाहक ट्रकमा प्रसाईंका समर्थकले आगजनी गरेका थिए ।

उक्त घटनामा ट्रक चालक पोदो रायको भारतस्थित नर्थ बंगाल मेडिकल कलेज एण्ड हस्पिटलमा उपचारको क्रममा यही असोज १९ गते मृत्यु भएपछि प्रहरीले प्रसाईं समर्थकलाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको जनाएको छ ।

आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले झापाको हल्दीबारी–१ का ४० वर्षीय भीम तुम्बापो लिम्बु, हल्दिबारी–१, का २४ वर्षीय विवश लिम्बु, हल्दिबारी १ कै ५१ वर्षीय विरबहादुर गुरुङ, विर्तामोड ७ का ३३ वर्षीय सुरेश चौधरी, विर्तामोड ३ का ३५ वर्षीय उदय लिम्बु, बुद्धशान्ति गाउँपालिका ४ का बलिहाङ माबो लिम्बु, मेचीनगर नगरपालिका–६ का ३४ वर्षीय राजेश महत र अर्जुनधारा नगरपालिका– ९ का ३८ वर्षीय रुद्र भुजेललाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज