नेपाल बार अध्यक्ष घिमिरे विरुद्धको अदालतको अवहेलना मुद्दामा आज पेसी

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे विरुद्ध दर्ता भएको अदालतको अवहेलना सम्बन्धी मुद्दाको आज पेसी छ । न्यायाधीशद्धय कुमार रेग्मी र कुमार चुडालको इजलासमा पेशी तोकिएको छ।

न्याय परिषद् नियमावलीको विरोधमा बारले धर्ना दिइरहेको समयमा परिषद्ले सर्वोच्चको रिक्त न्यायाधीशमा उच्च अदालतका दुई मुख्य न्यायाधीशहरू नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सिफारिस गरेको थियो । एक सार्वजनिक कार्यक्रममा बोल्दै बार अध्यक्ष घिमिरेले सर्वोच्च अदालतको रिक्त दुई न्यायाधीश नियुक्तिमा प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ एवं न्याय परिषद्का अध्यक्षले लेनदेन गरेको आरोप लगाएका थिए । बार अध्यक्ष घिमिरेको उक्त अभिव्यक्तिलाई गम्भिर रुपमा लिँदै सर्वोच्च अदालतले असोज १४ गते अदालतको अवहेलनामा मुद्दा चलाउन उपरजिस्ट्रार गोविन्द घिमिरेको प्रतिवेदनका आधारमा निवेदन दर्ता गरेको थियो ।

तत्कालिन प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अवकाशका दिन मध्यरातमा उपरजिस्ट्रार गोविन्द घिमिरेले उक्त निवेदन फिर्ता लिने घोषणा गर्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । उनले दशै विदा लगत्तै निवेदन फिर्ता लिने बताएका थिए ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज