काठमाडौं । जिल्ला अदालत रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सुप्रिम सहकारी ठगी प्रकरणमा पनि अनुसन्धानका लागि पक्राउ अनुमति दिएको छ । अदालतले बिहीबार लामिछानेलाई ‘ठगी र संगठित अपराधको कसुरमा पक्रिन प्रहरीलाई अनुमति दिएको हो ।
जिल्ला अदालतको अनुमतिबाट जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा रहेका लामिछानेलाई पहिलो पटक पाएको ६ दिनको म्याद सकिएपछि प्रहरीले थप ७ दिन हिरासतमा राख्न अनुमति लिएको छ । लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँ भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको पाइएको थियो । यसमध्ये २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण गएको थियो ।