रविमाथि दुर्व्यवहार भएको भनाइप्रति कास्की प्रहरीको गम्भीर ध्यानाकर्षण

काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका क्रममा इजलासमा प्रहरीले दुर्व्यवहार गरेको भनि लगाइएको आरोपबारे प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका सामग्रि भ्रामक र कपोलकल्पित रहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरुबाट जनमानसमा गलत सूचना सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको छ ।’

कास्की प्रहरीले तथ्यहीन कुरालाई सम्प्रेषण नगरी, सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार, सन्देशमात्र सम्प्रेषण गर्न अनुरोध गर्दै भनिएको छ, यस्ता तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरूबाट जनमानसमा गलत सूचनाको सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न, गराउनु हुन सम्पूर्णमा अनुरोध गरिएको छ ।
विज्ञप्तिमा नेपालको संविधान एवं प्रचलित ऐन कानून बमोजिम फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुशरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय, कास्की सदैव प्रतिबद्ध रहेको अनुरोध गर्दैै त्यसैले कोही कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहिन कुराहरुलाई सम्प्रेषण नगरी सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार र सन्देश मात्र सम्प्रेषित गरी दिनु हुन सम्पूर्णमा जिल्ला प्रहरी कार्यालय, कास्की हार्दिक अनुरोध गर्दछ भनिएको छ।

पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएको हो । उनलाई सोही दिन राति पोखरा लगिएपनि शनिबार सार्वजनिक बिदा भएकाले ४ गतेमात्रै अदालतमा उपस्थित गराइएको थियो । अदालतले सुरुमा उनलाई पक्राउ परेको दिनदेखि लागू हुने गरी ६ दिनको म्याद दिएको थियो भने दोस्रो पटक अनुसन्धानका लागि थप ७ दिनको म्याद दिएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज