विशेष अदालतले गर्याे पहिलो पटक ‘भर्चुअल’ सुनुवाइ

काठमाडौँ । विशेष अदालतमा पहिलो पटक सोमबार ‘भर्चुअल’ माध्यमबाट सुनुवाइ गरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको पूर्व मुख्य सचिव डा. बैकुण्ठ अर्याल समेत प्रतिवादी भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा अमेरिकाको कान्सासबाट भर्चुअल माध्यमबाट सुनुवाइ गरिएको हो ।

उक्त मुद्दामा संयुक्त राज्य अमेरिकाको कान्सास राज्यबाट प्रतिवादीद्वय सफल श्रेष्ठ र विष्णुप्रसाद गौतमको तर्फबाट अधिवक्ता अपूर्व खतिवडाले भर्चुअल माध्यमबाट बहस गरेका थिए ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेक नारायण कुँवर, सदस्यद्वय न्यायाधीश डा. खुशीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासमा भर्चुअल सुनुवाइ भएको हो ।

तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले २०८० साल चैत १५ गते भर्चुअल सुनवाइ पद्धतिको शुभारम्भ गरेका थिए। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२२ को उपदफा (५) बमोजिम थुनछेक प्रयोजनका लागि अभियुक्तको बयान समेत भर्चुअल माध्यमबाट लिएर अभिलेख गर्न सकिने उल्लेख छ । विशेष अदालतले न्यायमा सहज पहुँचका लागि प्रविधिको प्रयोगलाई जोड दिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज