ट्राफिक प्रहरीले सवारी चालकको चाबी खोस्ने कार्यविरुद्ध दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी

काठमाडौं । पाटन उच्च अदालतले ट्राफिक प्रहरीले सवारी चालकको चाबी खोस्ने कार्यविरुद्ध दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश टंकप्रसाद गुरुङको एकल इजलासले उक्त आदेश गरेको हो ।

कानुनका विद्यार्थी विवेक चौधरीले प्रहरीले सवारी चालकको गाडीको चाबी खोस्ने जस्तो कार्य गैरकानुनी भन्दै पाटन उच्च अदालतमा कार्तिक २१ गते रिट दायर गरेका थिए ।

अदालतले अन्तरिम आदेश दिने वा नदिनेबारे मंसिर ३ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज