काठमाडौँ । मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले ३२ जना जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको छ । आयोगले एक सूचना सार्वजनिक गर्दै ३२ जना जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका रुपमा नियुक्त गरेको जनाएको हो ।
आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम आजकै मितिदेखि लागू हुने गरि ३२ जना जिल्ला न्यायाधीशहरुलाई सम्बन्धित स्थानीय तहको मुख्य निर्वाचन अधिकृत पदमा नियुक्त गरेको हो । त्यसैगरी आयोगले ६ जना राजपत्राङ्कित कर्मचारीहरूलाई पनि निर्वाचन अधिकृत पदमा नियुक्त गरेको छ ।
नियुक्त मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतले कात्तिक ३० गते देखि सम्बन्धित स्थानीय तहको केन्द्र तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन व्यवस्थापन सम्बन्धी कार्यसम्पादन सुरु गर्ने उल्लेख गरेको छ ।
हेर्नुस सूचीः