काठमाडौं । व्यवसायी मीनबहादुर गुरूङले नेकपा एमालेलाई पार्टी कार्यालय निर्माण गर्न दान गरेको जग्गा विरूद्ध परेको रिट हेर्न नमिल्नेमा राखिएको छ। सोमबार सर्वाेच्च अदालतका न्यायाधीशद्ध्य नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले उक्त हेर्न नमिल्नेमा राखेको छ।
अधिवक्ता ज्ञानबहादुर बस्नेतसहित तीन जनाले एमालेलाई पार्टी कार्यालय निर्माण गर्न दान गरेको जग्गा विरूद्ध रिट दर्ता गरेका थिए । कात्तिक ८ गते पनि उक्त रिटको सुनुवाई न्यायधीश सुवेदीकै इजलासमा परेको थियो। त्यतिबेला पनि हेर्न नमिल्ने भन्दै पेशी स्थगित गरिएको थियो।
उक्त रिटमा कात्तिक १२ गते न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाउ र अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
उक्त इजलासले दुबै पक्षको बहसरछलफल सुनेर अर्को आदेश नहुन्जेल सम्मका लागि एमाले कार्यालय बनाउन दिएको १० रोपनी जग्गा दानको हक हस्तान्तरण नगर्नर नगराउन आदेश दिएको थियो। इजलासले कात्तिक २६ गतेका लागि पेशी तोकेको थियो।