पक्राउ परेका मनाङेलाई अदालत लगियो, कारागार चलान गर्ने तयारी

काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई पक्राउ गरेर प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट अदालत लगेको छ । सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै फरार रहेका मनाङेलाई सीआईबीले मंगलबार विहान राजधानीको सानोभर्‍याङको कम्फर्ट हाउजिङबाट पक्राउ गरेको थियो।

सर्वोच्चले कात्तिक २० गते उनलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै उनी विरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । मनाङेलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सर्वाेच्चले उक्त फैसला सदर गरेको थियो । उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले उच्चको पाँच वर्ष कैदको फैसला सदर गरेको हो ।

अदालतमा उपस्थित गराएपछि उनलाई कारागार चलान गर्ने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज