रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने रास्वपाका नेताहरुमाथि अदालतको अवहेलनामा मुद्दा दर्ता हुँदै, के होला रास्वपाको भविष्य ?

काठमाडौं । रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुमाथि अदालतको अवहेलनामा मुद्दा दर्ता हुने भएको छ ।

सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा अनुसन्धान भइरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च पुगेको अदालतको अवहेलना निवेदन दर्ता गर्ने भएको छ ।

न्यायाधीश विनोद शर्माको इजलासले मंगलबार यसअघि सर्वोच्च प्रशासनबाट दरपिठ गरेको निवेदन दर्ता गर्न आदेश दिएको हो ।

अनुसन्धानमा रहेकै अवस्थामा अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा अदालतको अवहेलना निवेदन पेस गरेका थिए ।

यो मुद्दा दर्ता भएसँगै अदालतको अवहेलनामा रास्वपाका नेताहरुलाई कारवाही भए यो पार्टीकै भविष्य अन्योलमा पर्ने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज