अनलाइनमा बालयौन दुर्व्यवहारको सामग्री प्रसारण गरेको अभियोगमा पक्राउ

काठमाडौँ । नेपाल प्रहरी केन्द्रीय साइबर ब्यूरो काठमाडौँले अनलाइनमा बालयौन दुर्व्यवहारको सामग्री प्रसारण गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रतापुर गाउँपालिका–७ का २४ वर्षीय अमनप्रताप हरिजन रहेका केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बालयौन दुर्व्यवहारको सामग्री तयार पारी विद्युतीय माध्यमबाट प्रसारण गरेको विषयमा आवश्यक अनुसन्धान गर्दा निज अमनप्रताप हरिजन खुल्न आएकाले जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापश्चिम० को सहयोगमा बिहीबार पक्राउ गरिएको हो ।”

पक्राउ परेका निजउपर विद्युतीय ९इलेक्ट्रोनिक० कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी आज जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता एवं प्रहरी उपरीक्षक अवस्थीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज