काठमाडौं । अदालतका बहस प्रत्यक्ष प्रसारण गर्न माग राख्दै दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले कारण देखाउ आदेश आदेश जारी गरेको हो ।
अदालतले यो रिटलाई अग्राधिकार समेत दिएको छ । कानुनका दुई विद्यार्थी अनिलकुमार साह र विवेक चौधरीले अदालतका बहसहरूको प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
न्यायिक प्रक्रियालाई जनताको पहुँचसम्म पुर्याउन अदालतमा प्रत्यक्ष प्रसारण आवश्यक भएको तर्क उनीहरूको छ । यसले न्यायिक पारदर्शिता कायम हुने तथा नागरिकलाई न्यायिक प्रक्रियामा प्रत्यक्ष सहभागिता जनाउने अवसर दिने उनीहरूको भनाई छ ।
उक्त रिटमा लिखित जवाफ प्राप्त भइसकेको छ । उक्त रिटको पेसी २०८१ चैत्र ६ गतेका लागि तोकिएको छ ।