काठमाडौँ । सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गरिएको छ । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।
साइबर अपराधसम्बन्धी कसुर गरेको अभियोगमा निजलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले जनाएको छ । निजलाई उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको हो ।
प्रसाईलाई हिरासतमा लिएर अनुसन्धान गर्न आजै अदालतसमक्ष उपस्थित गराइँदै छ । प्रसाईंले किर्ते कागजात देखाएर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको छ । उनीमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा लगानी रहेको भ्रम फिंजाउँदै प्रसाईंले सोमबार केही कागजात सार्वजनिक गरेका थिए ।