काठमाडौं। नेपाली कांग्रेसले सांसद राजेन्द्र बजगाईंलाई लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । बजगाईले संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यमन्त्री बद्री पाण्डेका बारेमा सामाजिक सञ्जालमा लेखेका र बोलेका विषयमा बुधबारभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।
मन्त्री पाण्डेले गत साता बजगाईंलाई अनुशासनको कारबाहीको माग गर्दै पार्टीमा उजुरी दिएका थिए । महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समितिका संयोजक आनन्द ढु्ंगानाले सांसद बजगाईंलाई पार्टी केन्द्रीय कार्यालयमा बोलाएर मंगलबार मौखिक स्पष्टीकरण समेत लिएका छन् ।
मन्त्री पाण्डेले भैरहवामा क्यासिनोको लाइन्सेन्स दिने क्रममा मन्त्रीले घुस खाएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए ।