अन्तर्राष्ट्रिय उडानमा भाडा धेरै लिएको भेटिए उजुरी दिन मन्त्रालयको अनुरोध

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा अस्वभाविक भाडा तिर्नुपरेको प्रमाण सहित मन्त्रालयमा उजुरी दिन अनुरोध गरेको छ ।

विभिन्न सोसल मिडियाहरुमा अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा अस्वाभाविक भाडा तिर्नुपरेको र यात्रुहरु मारमा परेको भन्ने समाचार तथा गुनासोहरु सुनिएकोले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले सूचना सार्वजनिक गर्दै यस्तो अनुरोध गरेको हो ।

सूचनामा मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको उल्लेख गर्दै उच्च दरको हवाई टिकट खरिद बिक्री गरेको विषयमा कुनै गुनासो भएमा हवाई टिकटको प्रतिलिपि, टिकट खरिद गरेको संस्थाको विवरण, बिलभौचर लगायत उपलब्ध गराउन अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज