बयानका लागि रविलाई आज काठमाडौँ ल्याइने

काठमाडौँ । सहकारी ठगीको अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि आज काठमाडौँ ल्याइने भएको छ । कास्की जिल्ला अदालतले लामिछानेलाई आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौँ ल्याउन लागिएको हो ।

सहकारी ठगीको अभियोगमा पक्राउ परेका लामिछानेको पोखरामा बयान सकिएको छ । उनलाई स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि काठमाडौँ ल्याउन लागिएको हो । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ । उनलाई मंगलबार बिहान ८ः४० मा बुद्ध एयरबाट काठमाडौँ ल्याउने तयारी गरिएको बताइएको छ ।

लामिछाने गत कात्तिक २ गते सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि काठमाडौंबाट पक्राउ परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज