विद्युत् महसुल नतिर्ने उद्योगको सेयर र बैंक खाता रोक्का गर्न प्राधिकरणको पत्र

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले महसुल नतिर्ने ३४ वटा उद्योगको बैंक खाता र सेयर रोक्का गर्न रोक्का गर्न सम्बन्धित निकायलाई पत्राचार गरेका छन् । बुधबार प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी महसुल नतिरेका उद्योगको नाम र रकम उल्लेख गर्दै बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई र उद्योगको सेयर रोक्का गर्न कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्राचार गरेका छन् ।

प्राधिकरण सञ्चालक समिति र विद्युत् नियमन आयोगले लाइन नकाट्न निर्देशन दिएपछि घिसिङले महसुल उठाउने वैकल्पिक उपाय स्वरुप यस्तो पत्राचार गरेका हुन् ।

प्राधिकरणले पत्रमा विद्युत् महशुल नर्तिने ३४ उद्योगको नाम र तिर्नुपर्ने बक्यौताको रकम लेखेर पत्राचार गरेका छन् ।

पत्रमा पत्रमा २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी महसुल नबुझाउने उद्योगका लगानीकर्ता अन्य कम्पनीको सञ्चालक भए सेयर जारी गर्न, हक हस्तान्तरण गर्न र धितो बन्धक दिन नपाउने गरी रोक्का राखी बक्यौता महसुल असुल उपर गर्न सहयोग गरिदिन कम्पनी रजिष्ट्रारको कार्यालय र धितोपत्र बोर्डलाई पनि अनुरोध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज