एनपीएलमा सट्टेबाजीको आरोपमा थप ३ जना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले थप तीन जनालाई पक्राउ गरेको छ। सिआइबी उनीहरुलई कीर्तीपुर मैदानबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुले स्पोर्ट बाजी, प्रोबो ललगायत अनलाइन बेटिङ एपबाट सट्टेबाजी खेलाएका पाइएको छ । उनीहरुमाथि अनुसन्धान अघि बढाइएको छ ।

यसअघि प्रहरीले चार जना भारतीय नागरिकलाई सट्टेबाजी खेलाएको आरोपमा पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज