लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णयविरुद्धको रिट दर्ता

काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका तत्कालीन मन्त्री तथा एमालेबाट कोशी प्रदेश सभाका सदस्य लिलावल्लभ अधिकारीलाई मुद्दा नचलाउने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । यसअघि अदालत प्रशासनले गरेको दरपिठ आदेशलाई इजलासले बदर गरिदिएपछि बिहीबार रिट निवेदन दर्ता भएको हो ।

काठमाडौं जिल्ला अदालत सरकारी वकिलको कार्यालयले दिएको उन्मुक्ति बदर गरी मुद्दा चलाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दर्ता गर्न खोजेको रिट सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार (दरपीठ) गरिदिएको थियो । सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले निवेदन दर्ता नगर्ने आदेश गरेका थिए ।

रिटको सुनुवाइ आगामी मङ्सिर २३ गते आइतबारका लागि तोकिएको वरिष्ठ अधिवक्ता त्रिपाठीले बताए ।

https://www.kanunkhabar.com/contemporary/21181/

https://www.kanunkhabar.com/opinion/21195/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज