टीआरसीको दुई आयोगको अध्यक्षका लागि आठ जना सहित ४० जनाको नाम सर्ट लिस्टमा

काठमाडौँ । सङ्क्रमणकालीन न्याय सम्बन्धी दुई आयोग सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको अध्यक्षका लागि ८ जनाको सर्ट लिस्ट तयार गरिएको छ । शुक्रवार बसेको नाम सिफारिस गर्न गठन भएको पदाधिकारी सिफारिस समिति (सर्च कमिटी) को बैठकले आवेदन दिएका मध्येबाट अध्यक्षका लागि ८ जनाको नाम सर्ट लिस्ट गरेको हो।

सर्च कमिटीले कुल ४० जनाको नाम र सूचि तयार पारेको र उनीहरुका लागि पाँच दिनभित्र उजुरी दिन सार्वजनिक आव्हान गरेको छ । कमिटीले ८ जना अध्यक्ष अरू सदस्यमा नियुक्तिका लागि सिफारिस गर्ने गरी हाललाई सर्ट लिस्ट तयार गरेको हो ।

अध्यक्षका लागि सर्ट लिस्टमा सुदिप पाठक, शेरबहादुर केसी, विजय सिजापति, विश्वराज कोइराला, महेश थापा, अच्युतप्रसाद भण्डारी, डिल्लीराज आचार्य र काशीराज दाहाल रहेका छन् ।
कमिटीले ३० गतेसम्म पदाधिकारीको टुंगो लगाउने बताइएको छ । सर्च कमिटीलाई पुस २ गतेसम्मको समय दिइएको छ ।

सर्च कमिटीले पदाधिकारीका लागि दरखास्त दिन सूचना आव्हान गरेको थियो । कमिटीले माग गरेको आवेदनमा १५६ जनाले अनलाइन, भौतिक रूपमा उपस्थित भएर अनि संस्थागत रूपमा दुवै आयोगको पदाधिकारीका लागि आवेदन दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज