काठमाडौँ । मानव तस्करीमा जिल्ला सरकारी वकिल कार्यालयवाट उन्मुक्ति पाएका कोशी प्रदेशका पूर्वकानुन मन्त्री लिलाबल्लभ अधिकारी विरुद्धको रिट दरपीठ गर्ने निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ। न्यायाधीश कुमार चुडालको एकल इजलासले यस्तो आदेश गरेको हो । न्यायाधीश चुडालको इजलासले यसअघि प्रशासनबाट दरपिठ गर्ने निर्णय कानुन सम्मत भएको ठहर गरेको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयले विभिन्न नौ आधार देखाउँदै मन्त्री अधिकारीमाथि मुद्दा नचल्ने निर्णय गरेको थियो । उक्त निर्णय बदर हुनुपर्ने र पुनः अभियोग पत्र दायर गर्नुपर्ने माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए । मङ्सिर १६ गते सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेका थिए ।