काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का सञ्चालक रहेको खड्काल्यान्ड डेभलपमेन्ट प्रालिले भवन र जग्गा उपयोग गरेबापत ५ करोड रुपैयाँभन्दा बढी भाडा रकम नतिरेको भन्दै नेपाल स्काउटले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा १० महिना अगाडी दर्ता गरेको उजुरी बल्ल सांसदहरुको हातमा परेको छ ।
समितिका सभापति रामहरी खतिवडाले मन्त्री खड्काको कम्पनी विरुद्ध परेको उक्त उजुरी समितिका पदाधिकारीलाई जानकारी नदिएको भन्दै बैठकमा कुरा उठेपछि पदाधिकारीलाई उक्त उजुरी वितरण गरिएको हो । राज्य व्यवस्था तथा सुशासन समिति जस्तो जिम्वेवार संसदिय समितिका सभापतिले नै आफना सांसद विरुद्ध परेको उजुरी सार्वजनिक नगरेको भन्दै चर्काे आलोचना भएको थियो ।
२०८० माघ १४ मा उजुरी दर्ता भएको उक्त उजुरी १० महिनापछि मंगलबार बसेको समितिको बैठकमा सदस्यहरूलाई वितरण गरिएको हो ।