त्रिवि सभाले पारित गर्‍यो विभिन्न ११ बुँदे नीति, त्रिविको पुनर्संरचना देखि सामाजिक सञ्जालसम्म समेटिए

काठमाडौं । बिहीबार बसेको त्रिभुवन विश्वविद्यालयको सभा (सिनेट) ले ११ वटा नीति पारित गरेको छ ।

पारित नीतिमा विश्वविद्यालय प्रध्यापन सेवामा गर्नका लागि न्युनतम योग्यता पुनर्विचार गर्ने, आंगिक र सम्बन्धन प्राप्त क्याम्पस वा कलेजमा प्राध्यापन गर्न विश्वविद्यालय सेवा योग्यता परीक्षण परीक्षा व्यवस्था गर्नेदेखि श्रम बजारको माग अनुसार ननक्रेडिट पाठ्यक्रमको विकास र सञ्चालन गर्नेसम्मका नीति रहेका छन् ।

सिनेटले त्रिविको पुनर्संरचना गर्ने ऐन र नियमको संशोधन प्रक्रिया सुरु गर्ने, निजी क्षेत्रमा सञ्चालित क्याम्पस सामुदायिक क्याम्पसमा, सामुदायिक क्याम्पस सामुदायिक क्याम्पसमा र निजी क्याम्पस निजी क्याम्पसमा गाभ्ने, सामाजिक सञ्जाल र लैंगिक हिंसा सम्बन्धी नीति साधारण पारित गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज