सर हेनरी मेंनले कानूनको ऐतिहासिक विकासका बारेमा कुरा गर्दा समाजमा कानुन कसरी विकास हुँदै जान्छ भन्ने धारणलाई दुई प्रकारका समाजबाट हेरेको देखिन्छ । प्रगतिशील, परिवर्तनशील, प्रजातन्त्रवादी समाज र यथास्थितिवादी समाज । बारको चुनाव सन्दर्भमा आज हेनरी मेंनको दुई प्रकारको समाजलाई अलि नजिकबाट हेर्न मन लाग्यो ।
भारतमा कानुनका विद्यार्थी हुन् या कानुनकर्मी जो सुकैले पनि भारतका महान् दिवङ्गत कानुन व्यवसायी नानी भाइ पाल्खिवाला देखि राम जेठ्मलानीले कानुन र न्यायको बिकाममा गरेको योगदान मज्जाले बुझेका छन् । हाम्रोमा देबनाथ बर्मा देखि वासुदेव ढुङ्गाना, गणेशराज शर्मा, कृष्ण प्रसाद घिमिरे, मधु शर्मा, कुसुम श्रेष्ठ, दमननाथ ढुङ्गाना जस्ता दिवङ्गत दिग्गज कानुन ब्यबसायीहरुले कानुन, न्याय, मानव अधिकार, प्रजातन्त्र र कानुन व्यवसायीको प्रतिष्ठा र सम्मानका निम्ति गरेको योगदानको गाथा मेरो पुस्ताले मज्जाले सुनेको छ अनि पढेको छ । आजको शनिवार ती कानुन व्यवसायी जो उनका कर्म, व्यवसायिकता र नेतृत्वकारी भूमिका अनि युवा कानून व्यवसायिलाई गरेको सहयोगले महान् बने उहाँहरूको कानुन र कानुन व्यवसायमा गरेका योगदानको छोटो सुनेका, देखेको अनि पढेको गाथाको चर्चा गर्न मन लाग्यो । किनकि उहाँहरूको योगदान र नेतृत्व पहिचानले आज हामी छाती फुलाएर कानुन व्यवसायी हौं भन्न सकेका छौ ।
सुरु गर्छु भारतबाट । भारतका महान् कानुन व्यवसायी नानी भाइ पाल्खिवाला । नानी भाइ मैले सन् २००० देखि सुन्दै र पढ्दै आएको नाम हो । आजसम्म आइपुग्दा नानी भाइको बारेमा कति पढियो पढियो अनि व्यवसायमा आइडीयलाइज्ड गरेको व्यक्ति र युवा कानुन व्यवसायीका महान् मेन्टर थिए नानी भाइ । जुन दिन नानी भाइको बहस हुने पेशी चढ्थ्यो त्यो दिन अदालतको कोरिडोरमा सयौँ युवा कानुन व्यवसायिहरुको भिड लाग्ने गर्थ्यो । नानी भाइ युवा कानुन व्यवसायीको “डार्लिङ” को नामले चिनिन्थे । उनमा भएको सादगीपन, ठट्याउलोपन अनि अभिभावकत्वले सधैँ महान् बनाई राख्यो । बहस कलाका महान् प्रतिमूर्ति नानी भाइ, बहसका क्रममा अदालतले आफ्नो पक्षमा फैसला आदेश नआउँदा त्यो निम्त्याउने असरको यती सान्दर्भिक तवरले प्रस्तुत गर्थे कि न्यायमूर्ति सहमत नहुने ठाउँ नै हुन्थेन । नानी भाइले गरेको बहसमा न्यायमूर्तिलाई सबभन्दा डर लाग्ने पाटो भनेको फैसला कसरी लेख्ने भन्ने हुन्थ्यो । उनका बहसका हर शब्दले विधि शास्त्र निर्माण गर्ने गर्थे । किनकि नानी भाइको छोटो बहसमा पनि कानुनको महाकाव्य हुने गर्थ्यो । ऊनलाईलाई के थाहा थियो भने कानुनको विकास र न्यायका आधारशिला भनेको पछिल्लो पुस्ता कतिको क्षमतावान् छ अनि उनीहरूको सङ्गठन कतिको कानुन व्यवसायी मैत्री छ भन्नेमा निर्भर गर्छ भन्ने मान्थे । उनी मुम्बईमा कानुन प्राध्यापन समेत गर्थे । अर्थाशात्रको स्वयम अध्ययनबाट बनेका अर्थविद् उनी बजेटका बारेमा यस्ता धारण राख्थे ती निकै प्रभावशाली हुन्थ्यो । परिणामस्वरूप उनको भाषण मुम्बईको बार्बन रङ्गशालामा समेत आयोजना गरिएका हुन्थे ।
नानी भाइलाई के थाहा थियो भने सरकारका लागि बलियो बौद्धिक प्रतिपक्ष चाहिन्छ अनि त्यो भनेको कानुन व्यवसायी र यसलाई परिचालित गर्ने सङ्गठित बार एसोसिएसन हो । तसर्थ यदि बार एसोसिएसन सरकारसँग बौद्धिक प्रतिपक्ष रहन सक्दैन अनि न्यायपालिकासँग फेस टु फेस बस्न सक्दैन भने कानुन व्यवसायको विकास सजिलो हुँदैन । यसका लागि बारमा साहसिलो, हिम्मतिलो अनि व्यवसायिक र आँटिलो कानुन व्यवसायी चाहिन्छ । यही कारण नानि भाइ युवा कानुन व्यवसायीमा त्यो क्षमता खोजी रहन्थे अनि अवसर दिने गर्थे । सर्वोच्च अदालतका न्यायाधिसको रूपमा पाएको प्रस्तावलाई सरासर अस्वीकार गरेका नानि भाइ, कानुन व्यवसायी भित्रको रोमाञ्चकताबाट पर जान नसक्ने सोच राख्दथे । कारण यो पनि एउटा महत्त्वपूर्ण छ जसले नानि भाइलाई लिजेण्डको रूपमा सम्झी रहेको छ । अनि भारतको सर्वोच्च अदालत र मुम्बईको उच्च अदालत र बारमा उनको प्रभाव जो कोहिलाई महसुस हुन्छ यी अदालत र बारको कोरिडोरहरूमा नानि भाइले आफ्नो पछिल्लो पुस्तालाइ सिकाएका विविध कुराहरू मध्ये बार एसोसिएसन कानुन व्यवसायीको मन्दिर हो मन्दिरका कर्मचारीहरू आफ्ना होइनन् मन्दिर हाँक्न सक्ने सक्षमलाई राख्यो भने मन्दिर चम्किन्छ नत्र मन्दिर खालि मन्दिर नामको मात्र रहन्छ भन्ने सन्देश दिएका थिए । नानि भाइको बारेमा म यती प्रभावित हुनुको कारण भारतका अर्का महान् वकिल राम जेठ मलानी हुन् जो दिवङ्गत भैसकेका छन् । अनि श्याम दिवान हुन् जो ल एसियाका अध्यक्ष छन् । राम जेठ्मलानीले नानि भाइको बारेमा उस बेला सुनाएका किस्सा याद आउँछ भने श्याम दिवान अहिले पनि नानि भाइको बारेमा कुरा गरेर थाक्दैनन् ।
उस बेला सन् २००० मा पुणे विश्व विद्यालयमा एलएलएम पढ्दा राम जेठ मलानीको गेस्ट लेक्चर सुनेको अनि सँगै बसेर खाना खाएको घटना त मैले अघिल्लो शनिवारको पोस्टमा लेखिसकेको छु । उस बेला सँगै खाना खाएको गफ गरेको वकिल भारतका महान् कानुन व्यवसायी राम जेठ मलानी रहेछन् भन्ने कुरा पहिचान गर्न सन् २००० देखि कोभिड १९ को महामारीसम्म करिब २० वर्ष कुर्नु पर्यो मलाई । मलाई अझै याद छ म राम जेठ्मलानीसँग कानुनको अध्ययन, नेपालको संविधान अनि कानुन व्यवसायको बारेमा छोटो समय तर लामो कुरा गरेको । उनको लेक्चरमा उनले लिएका केही नाम मध्ये नानि भाइ पार्ल्खिवाला थिए, नानी भाइको नाम त त्यति बेला नै याद आयो तर जो सँग बसेर खान खाएको थिए । उनी चाही राम जेठ्मलानी रहेछन् भन्ने थाहा पाउन २० वर्ष लाग्यो । त्यो पनि उस बेलाको एल्बम हेरेर । राम जेठ्मलानीले नानि भाइको बारेमा भन्नुको पछाडि नानी भाइ एक महान् कानुन व्यवसायी, प्राध्यापक अनि युवा कानुन व्यवसायीहरूका प्रिय अभिभावक रहेछन् । सन् २०१० मा सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष भएका जेठ्मलानी भारतको विशाल ल फर्म सञ्चालन गर्ने महान् कानुन व्यवसायी थिए । भारतमा धेरै महान् कानुन व्यवसायी थिए अनि छन् । तर यी दुईको बारेमा पढेर अनि भेटेर यिनका गाथा सुनेर म कम प्रभावित छैन । यिनको प्रभावशालिताको कुरा भनेको यिनले कानुन व्यवसाय र ब्य व्यवसायीक नेतृत्वमा गरेको योगदानहरू हुन् । यिनका नजिक, वारी परि हुनेहरू कति कानुन व्यवसायी थिए होलान् ? यिनका ल फर्ममा काम गर्ने कति थिए होलान् ? तर यिनले कहिले त्यो हेरेनन् । त्यो घेराबन्दीमा कहिल्यै परेनन् । आफ्नाका भित्र कहिले बसेनन् । हेरे त केवल कानुन व्यवसायको विकास अनि बार एसोसिएसनको प्रभावकारी भूमिका । कानुन व्यवसायीको समस्या अनि व्यवसायको ब्यापकिकरण ।
भारतका कानुन व्यवसायीले खेलेको भूमिका जत्तिकै भूमिका हाम्रा अग्रजहरूले खेलेका छन् । अझ प्रजातन्त्र, कानुनको शासन र न्यायपालिकाको स्वतन्त्रतालाई खेलेको भूमिका कम ऐतिहासिक र क्रान्तिकारी छैन । दिवङ्गत अग्रजहरूले सिकाएर, पढाएर ल्याएका र हाल पेसामा प्रभावशाली अभिभावकत्वको भूमिका निर्वाह गर्ने हामीले आदर, सम्मान गर्ने हाम्रो नेतृत्वको भूमिका झन् लोकतन्त्रको लडाइँमा र कानुन व्यवसायको क्षेत्रमा विशाल छ । उहाँहरूको विभिन्न कार्यक्रमहरूमा नेपाल बारलाई व्यवसायीक बार बनाउने, कानुन व्यवसायीको बार बनाउने, अनि कुशल, निडर अनि समग्र कानुन व्यवसाय र व्यवसायीका लागि लागि पर्ने कानुन व्यवसायीलाई अवसर दिने अडानहरु कम साहसी छैनन् । तर के हामीले व्यवहारिक रूपमा त्यो देखेका छौ ? भोगेका छौ ? अनि महसुस गरेका छौ ? यसको उत्तर खोज्नु भन्दा नि मनन गर्नु बढी आवश्यक छ भन्ने लाग्दछ । विगत केही हप्तामा मैले डेमोक्रेटिक कानुन व्यवसायीको प्रदेश सम्मेलन र हालसालै पोखरामा भएको कार्यकारिणी परिषद्को सम्मेलन अनि मानव अधिकार सम्मेलनमा सयौँ कानुन व्यवसायीसँग बुझ्ने मौका पाए । मैले राखेको एउटा जिज्ञासा मध्ये के अबको चुनावमा आन्तरिक व्यवसायीक सङ्गठनहरूले बारको कार्यसमितिको निर्वाचनमा पठाउने कानुन व्यवसायीहरू साँच्ची नै व्यवसायीक अनि कानुन व्यवसायीको गरिमा राख्न सक्ने पठाउने बाचा गरेका छन् ? तपाइँलाई कस्तो लाग्छ भनेर सोधेको थिए ? उहाँहरूले मेरो प्रश्नमा दिएको उत्तर र आज बिहान मेरा एक जना अनन्य मित्रले सुझाएको कुरालाई संक्षिप्त रूपमा राख्न मन लाग्यो । धेरै कानुन व्यवसायीको बिचारमा अब पनि सङ्गठनिक नेतृत्वले बारका पदाधिकारी छान्ने प्रचलन पहिलेको भन्दा फरक हुने छैन ।
सबैका आ-आफ्ना प्रतिनिधिहरू तयार छन् । ती प्रतिनिधि भन्दा बाहिर न कोही जाने वाला छन् न जान्ने हिम्मत गर्ने वाला छन् । साँच्ची नै बार र कानुन व्यवसायको हितमा नेतृत्वले हेर्ने हो भने, बारको रूपान्तरण अनि व्यावसायिकीकरण ऐतिहासिक हुने छ तर त्यो सम्भव छैन । जे भा थ्यो त्यही हुने हो बस त्यही । बिहान मित्रले मलाई सोधे सरोज जी तपाइले बारको चुनावमा उठ्ने अनि बारका मुलमन्त्रमा ३ वर्ष खर्चिने योजना बनाउनु भएको रहेछ । तपाईलाई बनाउने जिम्मा कसैले लिएको छ ? छैन भने बारमा आउने चेष्टा नगरे हुन्छ । तपाईँले टिकट पाउनु हुन्छ भन्ने लाग्दैन । अनि बार पनि परिवर्तन हुने वाला छैन । बरु आफ्नो व्यवसायमा निष्ठाले लाग्नुस् त्यसको लाभ धेरै हुन्छ । मेरो उत्तर थियो बार मेरो लागि लाभको साधन होइन । बारले गर्न सक्ने अथाह परिधिहरु छन । नेपालको बार संसारका शक्तिशाली बारहरू मध्येको एक हो । यो बारले संसारका अन्य बारहरू सँगको सहकार्यमा धेरै अवसरहरू जुटाउन सक्छ अनि युवा कानुन व्यवसायीका लागि अवसर खोज्न सक्छ । कति कानुन व्यवसायीलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा पठाउन सक्छ नेगोसियसन गर्न सक्छ । अनि हजारौँ कानुन व्यवसायीका क्षमता अभिवृद्धिमा सहयोग गर्न सक्छ । यो बार संविधानले चिनेको बार हो भने कानुन व्यवसाय संविधानले चिनेको व्यवसाय हो । बारमा जो जसरी आए पनि बारको गतिविधिलाई व्यापक गर्न सक्छ अनि नेपाली कानुन व्यवसायीको लोकतन्त्र, कानुनका शासन, मानव अधिकार र स्वतन्त्र न्यायपालिकाका लागि खेलेको भूमिकाको अन्तर्राष्ट्रियकरण गर्न सक्छ । यो बार पेसागत निष्ठाका लागि लड्न सक्छ अनि न्यायपालिकाको सुधारका लागि अटल रहन सक्छ यो बार संसार का कुनै बारसँग कम छैन । अनि यो बार युगान्तकारी छ । कानुन व्यवसायीको मर्म बुझ्ने अनि व्यवसायलाई उच्च राख्ने बारको रूपमा अडिन सक्ने बार छ ।
आज यो लेख्दै गर्दा दमन अङ्कल (स्व. दमन नाथ ढुङ्गाना वरिष्ठ अधिवक्ता, पूर्व सभामुख प्रतिनिधि सभा) को धेरै कुराहरू याद आएको छ । दमन अङ्कलसँग म नजिक बाट साक्षात्कार हुने मौका नीतिका ढुङ्गाना सँगको मित्रताले हो । सन् २००० मा पुणेमा नीतिका र म सहपाठी थियौँ । अनि जहिले चिने अभिभावक र अङ्कलको रूपमा चिने । बुबाको आफ्नै व्यक्तिगत चिनजान थियो र मैले भेट्दा अं कलले पहिले बुबालाई सोध्नु हुन्थ्यो । दमन अङ्कलसँग धेरै पटकको कुराकानीमा हामिलाई उत्प्रेरित गर्ने अनि व्यवसायीकताको कुरा गर्नु हुन्थ्यो । अनि बार एसोसिएसन भित्र केही बाहेक बाँकी बारलाई सहयोग गर्न नसक्नेहरूको थलोको रूपमा परिणत हुँदै गएकोमा असन्तुष्टि जनाउनु हुन्थ्यो ।
म जस्ता धेरै मेरा अग्रजहरू, मेरा पुस्ताका मित्रहरू अनि दसौँ हजार पछिल्लो पुस्ताका कानुन व्यवसायीलाई मलाई जस्तै के विश्वास छ भने मैले अवसर नपाए पनि यो बारले कुशल योग्य र क्षमता वान प्रतिनिधिहरू पाउने छ । अनि हाम्रो नेतृत्वको रेखा कोर्ने हाम्रा संगठनिक अभिभावकहरूले त्यस्ता कानुन व्यवसायीहरू छान्ने छन् जो आफ्ना वरि परीका मात्र होइनन् । मलाई विश्वास छ हाम्रा अग्रजहरू वहाँहरूका अग्रजहरू भन्दा कम हुनुहुन्न अनि बार कस्तो चाहिन्छ बुझ्नु हुन्छ ।
मेरो उत्तरमा उनले चित्त बुझाए । तर उनले कत्ति पनि विश्वास गरेनन् कि हाम्रा नेतृत्वले यो बुझ्नेछन् अनि निर्वाचित गर्ने छन् । मैले उनलाई भने हेर्नुस् अहिले प्रभाकारी नेतृत्व गर्ने हाम्रा अग्रजहरू दिवङ्गत ती महान् कानुन व्यवसायीका स्कुलिङबाट आएको नेतृत्व हो । उहाँहरूको अग्रजले कल्पेको बार बनाउने जिम्मा उहाँहरूको हो अनि उहाँहरूको विश्वासलाइ कायम गर्ने अभिभारा पनि हो । उहाँहरू ले जे गर्नु हुन्छ हामीले त्यही सिक्ने हो । अनि मलाई विश्वास छ उहाँहरू व्यक्तिगत आग्रह र आफ्ना मान्छेबाट पर जानु हुने छ । अनि बारलाई एउटा विशाल, लोकतान्त्रिक अनि व्यवसायीक बार बनाउने नेतृत्वको खोजी गर्नु हुनेछ । अनि बारको खम्बा बलियो बनाउनु हुने छ । उनले कुटिल अनि सटायरीक अनुहारमा नमिठो हाँसेर भने सरोज जी हेर्नु होला । मेरो जवाफ थियो तपाई हेर्नु होला अब त्यस्तो हुने छैन, अनि गर्ने छैनन् हाम्रा अग्रजहरूले । किनकि उहाँहरूलाई थाहा छ उहाँहरूको पछिल्लो पुस्तालाई कस्तो बार चाहिएको छ । परिवर्तनशील बार या यथास्थिति बादी बार ?