पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगी आरोपमा आफू निर्दोष रहेको दाबी गर्दै जिल्ला अदालत कास्कीमा इन्कारी बयान दिएका छन्।
बिहीबारदेखि सुरु भएको थुनछेक बहसमा लामिछानेले सहकारी ठगीमा कुनै संलग्नता नरहेको स्पष्ट पारे। बयान प्रक्रिया पूरा नभएकाले शुक्रबार पनि अदालतमा निरन्तर प्रश्नोत्तर हुने जनाइएको छ। बयानका विस्तृत विवरण भने सार्वजनिक भएको छैन।
प्रहरीले ९० दिनसम्म गरेको अनुसन्धानका आधारमा लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र संगठित अपराधका कसुरमा मुद्दा दर्ता गरेको थियो। हाल अदालतमा सोही मुद्दामा थुनछेक बयान भइरहेको छ।
यसअघि सोही प्रकरणमा मुछिएकी लिला पछाईंको बयान लिइएको थियो। त्यसपछि सोमबार र मंगलबार गोरखा मिडियाका सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीको बयान भएको थियो।