रास्वपा कार्यकर्ताबाट अदालत परिसरमै कुटिए वरिष्ठ अधिवक्ता त्रिपाठी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यर्ताहरूले काठमाडौं जिल्ला अदालत परिसर बबरमहलमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेका छन् । बुधबार अपराह्न रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सकिए पछि अदालत परिसरमा रहेका अधिवक्ता त्रिपाठीमाथि रास्वपाका कार्यर्ताहरूले कुटपिट गरेका हुन ।

रास्वपा सभापति लामिछानेमाथि चलिरहेको स्वर्णलक्ष्मी सहकारीका सहकारी ठगि सम्बन्धि मुद्दामा सहकारी पीडितका तर्फबाट त्रिपाठीले बहस गर्दै आइरहेका छन् । थुनछेक बहस सकिएर आदेश आउने क्रममा छ । प्रहरीले अधिवक्ता त्रिपाठीलाई सुरक्षा दिँदै बाहिर लगेको थियो ।

उनलाई चोटपटक लागेको छैन तर हातपात भयो एक प्रत्यक्षदर्शीले कानुन खबरलाई बताए ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज