काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। तामाङविरूद्ध थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप भएको प्रहरीले जनाएको छ।
गत पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा अनुसन्धान गर्न तामाङलाई अभद्र व्यवहारको कसुरमा बुधबार पक्राउ गरिएको थियो । उनलाई गौशला वृत्तमा राखिएको थियो।
तामाङविरुद्ध प्रहरीले पुस २८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार कसुरमा पक्राउ पुर्जी लिएको थियो।