भूमाफिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्न सरकारले भूमि अध्यादेश ल्याएको विपक्षी दलको आरोप

काठमाडौं । सरकारले हालै जारी गरेको भूमि अध्यादेश भूमाफिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्न ल्याएको विपक्षी दलहरूले आरोप लगाएका छन् । शुक्रबार विपक्षी दलहरूको तर्फबाट संयुक्त वक्तव्य जारी गर्न आयोजित पत्रकार सम्मेलनमा यस्तो आरोप लगाइएको हो ।

प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले भूमाफिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्न अध्यादेश जारी गरेको आरोप लगाए । सरकार भूमाफिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने नियतमा देखिन्छ भन्दै उनले स्वेच्छाकारी र जनविरोधी काम जारी राखे कडा संघर्षमा उत्रने चेतावनी समेत दिए ।

उक्त कार्यक्रममा बोल्दै विभिन्न दलका नेताहरुले तत्काल संसद्को हिउँदे अधिवेशनको बोलाउन समेत माग गरेका छन् । उनीहरुले सरकारले तत्काल हिउँदे अधिवेशन नबोलाए आफूहरू विशेष अधिवेशन माग गर्ने बताएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज