स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा पूर्वडीआईजी छविलाल जोशी ५० लाख धरौटीमा रिहा

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा पूर्वडीआईजी छविलाल जोशी ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलले जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।

जोशीको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, शतिशकृष्ण खरेल, अधिवक्ताहरू अपूर्व खतिवडा, रोचक रेग्मीले बहस गरेका थिए । जाहेरवालाहरूको तर्फबाट थुनछेक बहसमा जिल्ला न्यायाधिवक्ताहरू खडिन्द्रराज कटुवाल, सुभाषकुमार भट्टराई, राधिका सुवाल, बिना खड्का थापा र सहायक जिल्ला न्यायाधिवक्ता गणेशकुमार शर्मा र वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी तथा दिनेश त्रिपाठीले पनि बहस गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज