भोलि उपस्थित हुने शर्तमा रविलाई परिवार र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

काठमाडौं । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले भोलि उपस्थित हुने शर्तमा परिवार र कानुन व्यवसायीको जिम्मा लगाएको छ । जिल्ला अदालतले भोलि बिहान १० बजे अदालतमा उपस्थित हुनेगरी लामिछानेकी श्रीमती निकिता पौडेल र कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश भएको हो ।

न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा साँझ बयान सकिएपछि भोली थुनछेक बहस हुने भएको छ । सुप्रिम सहकारी अपचलनको मुद्दा सभापति लामिछानेसहित २२ जनाविरुद्ध मुद्दा परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज