लेखा समिति सभापतिका पूर्व स्वकीय सचिव विरुद्ध अदालतमा मुद्दा दर्ता

विराटनगर । संघीय संसद् अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिलकुमार पोखरेल विरुद्ध मोरङ जिल्ला अदालतमा ठगी मुद्दा दर्ता भएको छ ।

पूर्व स्वकीय सचिव पोखरेल विरुद्ध एमबीबीएसमा नाम निकालिदिने बहानामा सप्तरीका बौआलाल चौधरीबाट २०७१ देखि २०७३ सालसम्म ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप लागेको छ। छोरीको एमबीबीएसमा नाम ननिस्कीएपछि पैसा फिर्ता माग्दा उल्टै बौआलालसँग जबरजस्ती ५० लाख रुपैयाँको ऋण लिएको कागज बनाएको उनीमाथि आरोप छ।

मोरङ प्रहरीले सुरुमा ठगी प्रकरणमा उजुरी लिन अस्वीकार गरेपछि बौआलालले उच्च अदालत विराटनगरमा रिट निवेदन दायर गरेका थिए। गत भदौमा उच्च अदालतले जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाउन आदेश दिएपछि पुस ११ गतेदेखि औपचारिक अनुसन्धान सुरु भएको थियो।

अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइएपछि बुधबार मोरङ जिल्ला अदालतमा ठगीको ३८ लाख ८० हजार रकम फिर्ता, बिगो बराबरको क्षतिपूर्ति र अधिकतम सजायको मागसहित मुद्दा दर्ता भएको अदालतले जनाएको छ ।

मुलुकी अपराध संहिता २०७४ अनुसार अनिल पोखरेलमाथि दफा २४९ को उपदफा (३) अनुसार ७ वर्षसम्मको कैद र ७० हजार रुपैयाँ जरिवानाको माग गरिएको छ। बिहीबार हुने बयानपछि थुनछेक बहस तय गरिएको छ।

यस घटनाले सभापति ऋषिकेश पोखरेलको छविमा नकारात्मक असर पारेको छ। ठगीको विवरण सार्वजनिक भएपछि सभापतिले अनिललाई जिम्मेवारीबाट हटाए पनि विवादले पार्टीभित्र आलोचना निम्त्याएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज