रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस आज पनि निरन्तर, पोखरा र काठमाडौंमा जस्तै धरौटीमा छुट्लान ?

काठमाडौं । रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस आजपनि निरन्तर हुने भएको छ । बुधबार नसकिएको छुनछेक बहसपछि परिवारको जिम्मा छुटेका लामिछानेलाई आज पनि थुनछेक बहसका लागि रुपन्देही लगिने भएको छ । यो बहसपछि उनलाई थुनमै राख्ने कि धरौटीमा छोड्ने भन्ने आदेश आउने छ । उनी पोखरा र काठमाडौंमा जस्तै धरौटीमा छुट्लान कि नछुट्लान भन्ने बहस चलिरहेको छ ।

रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेलाई थुनामा राख्न नपर्ने आदेश दिएको छ । बुधवार अदालतले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राख्न नपर्ने आदेश दिएको हो ।

न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लिइएको बयान साँझ सकिएपछि आज थुनछेक बहस हुने भएको छ । आदेशमा लामिछानेलाई आज बिहान १० बजे उपस्थित हुने गरी कानुन व्यवसायी र परिवारको जिम्मा लगाइको जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले बताए ।

आज सुरुमा सरकारी वकिलको तर्फबाट बहस हुनेछ भने त्यसपछि लामिछानेको पक्षका कानुन व्यवसायीहरूले बहस गर्नेछन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा रविसहित २२ जनाविरुद्ध मुद्दा परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज