काठमाडौं । चितवन बारको अध्यक्षमा फूलमाया रानाभाट निर्वाचित भएकी छन् । शनिबार सम्पन्न चितवन जिल्ला अदालत बार एशोसिएशनको निर्वाचनबाट अध्यक्ष पदमा उम्मेदवार अधिवक्ता फुलमायासहितको नयाँ कार्यसमिति चयन भएको छ ।
फूलमायाले ८१ मत पाए र विजयी हुँदा उनका प्रतिस्पर्धी नुनराज सिलवालले ७८ मत पाए । नयाँ कार्यसमितिको उपाध्इक्षमा ९१ मतका साथ सिताराम अधिकारी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी सरिता सापकोटाले ६६ मत पाइन् ।
यस्तै सचिवमा कुलचन्द्र्र खनाल, सहसचिवमा पवित्रा सुवेदी, कोषध्यक्षमा दीपकराज तिमिल्सिना निर्वाचित भएका छन् ।