कृषि विज्ञ मदन राई बालयौन दुरूपयोगमा अदालतबाट दोषी ठहर, माघ २५ मा सजाय निर्धारण हुने

काठमाडौं । कृषि विज्ञका रूपमा परिचित मदन राई बालयौन दुरुपयोगमा दोषी ठहर भएका छन् । माघ १० गते जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई बाल यौन दुरूपयोगमा दोषी ठहर गरेको हो ।

माघ २५ गते बस्ने इजलासले राईलाई कति सजाय दिने भनेर निर्धारण गर्नेछ।

७५ वर्षीय राइले आफैंले खोलेको शुभद्रा मदन फाउन्डेसनमा बसेर अध्ययन गरिरहेका बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको भन्दै सेतोपाटी अनलाईनले यस सम्बन्धि समाचार सार्वजनिक गरेको थियो । वैशाख २८ गते उक्त समाचार प्रकाशन भएपछि उक्त फाउण्डेशनका संस्थापक समेत रहेका राईविरुद्ध औपचारिक उजुरी परेको थियो । त्यसपछि २०८० जेठ २१ गते सरकारी वकिलको कार्यालय खोटाङले बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिम विभिन्न कसुर गरेको भन्दै सजायको मागदाबी गर्दै जिल्ला अदालतमा राइबिरुद्ध मुद्दा दर्ता गरेको थियो।

संस्थापक राईले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क), (ग) (ङ) कसुर गरेकाले, दफा ६७, दफा ७२ र ७५ को ३ (ख) अनुसार सजाय गर्न माग भएको थियो। सरकारी वकिलको कार्यालयले उनीविरुद्ध बालबालिका सम्बन्धी ऐन २०७५ को उपदफा ३ (ख) अनुसार ७५ हजार रुपैयाँ जरिवाना र ३ वर्षसम्म कैद सजाय माग गरेको थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज