ललितपुरको शुभ समृद्धि सहकारीका सबै सञ्चालक फरार, ५ करोड ठगी गरेको भन्दै १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं। ललितपुरको मानभवनमा कार्यालय शुभ समृद्धि सहकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सम्पूर्ण सञ्चालक समिति सदस्य फरार भएका छन्। बचतकर्तालाई आकर्षक ब्याज दिने भन्दै रकम जम्मा गर्न लगाएको ५ करोड १८ लाख १६ हजार १९० रुपैयाँ ठगी गरेर सञ्चालक समितिका पदाधिकारी फरार भएका हुन ।

४१ जनाले सहकारीमा जम्मा गरेको बचत रकम फिर्ता नपाएको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका थिए । जिल्ला प्रहरी परिसर ललितपुरले उक्त सहकारीको अनुसन्धान गर्दै प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय ललितपुरमा पठाएको थियो । प्रहरी प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले ललितपुर जिल्ला अदालतमा सञ्चालक समितिका १० जनालाई प्रतिवादी बनाउँदै माघ १० गते मुद्दा दायर गरेको छ ।

सहकारीका अध्यक्ष रामेछाप घर भएका ३८ वर्षीय निरबहादुर श्रेष्ठ, उपाध्यक्ष ३४ वर्षीय सञ्जय निरौला, सचिव ३२ वर्षीय सुमन कार्की, कोषाध्यक्ष ३८ वर्षीय रेशमलाल भट्टराई, सञ्चालक समिति सदस्य ३१ वर्षीय विकाश शिवाकोटी, ३१ वर्षीया भावना तिमल्सिना, ३७ वर्षीय केदारबाबु कटुवाल, लेखा तथा सुपरीवेक्षण समितिका संयोजक ३१ वर्षीय विवश मिधुन मगर, सुपरीवेक्षण समितिका सदस्य ३४ वर्षीय प्रेमबहादुर बस्नेत, अर्का सदस्य ३८ वर्षीया शर्मिला शाक्यलाई प्रतिवादी बनाइएका छ ।

प्रतिवादीहरु विरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ अन्गर्तको ठगी गर्न नहुने कसुरमा मुद्दा दायर गरिएको छ । जसअनुसार ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । त्यसैगरी संहिताकै दफा २५४ बमोजिम क्षतिपूर्तिको समेत मागदाबी गरिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज