नेपालगञ्ज । जिल्लामा भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना गरिएको छ । अयोगको नवनियुक्त अध्यक्ष घननाथ खनालले कार्यालय स्थापनापछि जिल्ला समन्वय समितिमा कार्यभारसमेत सम्हालेका छन् ।
अध्यक्ष खनालले जिल्लामा विद्यमान भूमिसम्बन्धी समस्या समाधानमा गम्भीरतापूर्वक लाग्ने उल्लेख गर्दै पालिकाबाट अहिलेसम्म ४४ हजार पाँच सय २३ भूमिसम्बन्धी समस्या आएकाले ती समस्याको अध्ययन गरी समाधानका उपाय खोजिने बताए ।
उनले भने “यसको विस्तृत अध्ययन गरेपछि सङ्ख्या बढ्न पनि सक्छ, त्यसपछि पुर्जाका लागि आयोगले सिफारिस गर्न सक्छ ।” समस्या पहिचान र समाधान प्रक्रियामा सबैको साथ र सहकार्य जरुरी रहेकामा जोड दिँदै उनले नयाँ नापजाँचको काम केही महिनापछि सुरु हुने जानकारी दिए ।
अध्यक्ष खानलले यही फागुन ७ गतेदेखि सबै स्थानीय तहका वडामा कर्मचारी पुग्ने जानकारी दिँदै कर्मचारी व्यवस्थापनको काम पनि दु्रुत गतिमा अघि बढाइएको बताए।