काठमाडौं । आपराधिक उपद्रवको कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेकी आशिका तामाङ २० हजार रुपैयाँ धरौटीमारिहा भएकी छिन् ।
जिल्ला अदालत, भक्तपुरका न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासमा तामाङविरुद्ध आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी मुद्दामा थुनछेक बयान र बहस भएको थियो ।
तामाङले सूर्यविनायक नगरपालिका–९ बाट वडा नं १० मा जाने क्षेत्रमा रहेको झोलुङ्गे पुल चढ्दा लाग्ने शुल्कको विरोध गर्दै झोलुङ्गे पुल तरेवापत लिइने शूल्कको रसिद जलाइदिएकी थिइन् । सोही विषयमा आशिकाविरुद्ध सूर्यविनायक नगरपालिकाले प्रहरी वृत्त जगातीमा आपराधिक उपद्रवको जाहेरी दिएको थियो ।