सर्वोच्च अदालतद्धारा सीटीईभीटीका उपाध्यक्ष बरालको नियुक्ति बदर

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को उपाध्यक्ष पदमा ओमप्रसाद बराललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय सर्वोच्च अदालतले बदर गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नृपध्वज निरौलाको इजलासले यस्तो आदेश दिएको हो ।

प्राविधिक शिक्षा एवं व्यवसायिक तालिमको क्षेत्रमा १५ वर्ष काम गरेकाहरू मात्रै योग्य हुने व्यवस्था रहेकोमा कम योग्यता भएको व्यक्तिलाई सिफारिस गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।

मन्त्रिपरिषद्को निर्णयबाट मंसिर ६ गते बराल उपाध्यक्षमा नियुक्त भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज