सहकारी ठगी प्रकरणः रवि लामिछानेसहित १४ जनाविरुद्ध चितवन अदालतमा मुद्दा दर्ता हुँदै

चितवन । चितवन जिल्ला अदालतमा आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता हुँदैछ। सरकारी वकिल कार्यालयले उनीहरूलाई साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता गर्न लागेको हो।

प्रहरी अनुसन्धानअनुसार, ३८ करोड ९ लाख ७९ हजार रुपैयाँ हिनामिना भएको देखिएको छ, जुन विभिन्न कम्पनीहरूमा समेत लगानी भएको भन्दै बिगो ५६ करोड २२ लाख ५० हजार तोकिएको छ।

यसअघि, लामिछानेले विभिन्न सहकारी ठगी मुद्दामा धरौटी बुझाएर छुटेका थिए। मुद्दा दर्तापछि उनलाई चितवन झिकाइने सरकारी वकिल कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज