वरिष्ठ अधिवक्ता बन्ने १५ वर्षे समयसीमा उचित, सांसदहरू परिवर्तनको विपक्षमा

काठमाडौं । वरिष्ठ अधिवक्ता बन्न कानूनी अभ्यासको १५ वर्षे अनुभवलाई यथावत् राख्नुपर्ने माग गर्दै सांसदहरूले समयावधि बढाउने प्रस्तावको विरोध गरेका छन्।

नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को दफावार छलफलका क्रममा सांसदहरूले कानुनी पेशामा लामो अनुभव आवश्यक भए पनि नयाँ पुस्ताको अवसर रोक्न नहुने बताएका छन्। उनीहरूका अनुसार १५ वर्षे अनुभव पर्याप्त भएकाले यसलाई परिवर्तन गर्नु अनावश्यक हुनेछ।

सिंहदरबारमा मंगलबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा सांसद आनन्दप्रसाद ढुंगानाले वरिष्ठ अधिवक्ता बन्ने मापदण्ड कठोर हुनु पर्ने भए पनि १५ वर्षे अभ्यास नै पर्याप्त रहेको बताए। उनले समयसीमा थप गर्दा न्याय क्षेत्रमा नयाँ पुस्ताको प्रवेशमा अवरोध सिर्जना हुन सक्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज